Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

इसिडी शिक्षकलाई कुन-कुन स्थानीय तहले तलब दिएनन् त्यसको तथ्यांक ल्याउन शिक्षामन्त्रीले दिए निर्देशन

इसिडी शिक्षकलाई कुन-कुन स्थानीय तहले तलब दिएनन् त्यसको तथ्यांक ल्याउन शिक्षामन्त्रीले दिए निर्देशन


  • 4.5K
    Shares

    • images
    इसिडी शिक्षकलाई कुन-कुन स्थानीय तहले तलब दिएनन् त्यसको तथ्यांक ल्याउन शिक्षामन्त्रीले दिए निर्देशन
    images

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बालविकास सहजकर्ता (इसिडी शिक्षक) लाई पारिश्रमिक दिन स्थानीय तहलाई निर्देशन दिएको बताएका छन् ।

    सोमबार शिक्षक महासंघका पदाधिकारीहरुसँगको वार्तामा मन्त्री पौडेलले सरकारले तोकेको पारिश्रमिकका विषयमा स्थानीय तहलाई कार्यान्वयन गर्न निर्देशन दिएको बताएका हुन् ।

    ‘इसिडिका शिक्षकहरुले सरकारले तोकेको पारिश्रमिक नपाएको गुनासो छ,’ उनले भने, ‘सरकारले गरेको निर्णय कडाईपूर्वक गराउन स्थानीय तहलाई निर्देशन दिएका छौं ।’

    देशका कुन कुन स्थानीय तहले पालना गरेको छैन, त्यसको तथ्यांक संकलन गरी अनुगमन तथा समन्वयका लागि शिक्षा, विकास तथा समन्वय इकाइका प्रमुखलाई निर्देशन दिएको पनि जानकारी गराए ।

    ‘देशका धेरै स्थानीयले सरकारको निर्णयअनुसार तलब दिएका छन्’ उनले भने, ‘ अन्य मन्त्रालयसँग समन्वय गरी परिपत्र गछौं ।’

    यसअघिको सरकारले प्रस्तुत गरेको बजेटमा विद्यालय कर्मचारी र बाल विकास शिक्षकको न्यूनतम पारिश्रमिक १५ हजार पुर्याउने उल्लेख गरेको थियो ।

    देशका विभिन्न स्थानीय तहमा आफूले बुझेको भन्दै धेरै जसो स्थानीय तहले सरकारको निर्णय पालना गरेको बताए ।

    शिक्षक अस्पतालका डिपिआर तयार गरि छिटो ल्याउन समितिलाई निर्देशन दिएको भन्दै चाँडै अर्थमन्त्रालयबाट आवश्यक बजेट माग गर्ने बताए ।

    ‘मन्त्रालयले गर्न सक्ने विषयहरु हामीले खोजेर ल्याउँछौं’, उनले भने, ‘छोटो समयमा गर्न सक्ने काम अब रोकिँदैनन् ।’

    वार्ताका क्रममा मन्त्री पौडेलले शिक्षक सेवा आयोगको विज्ञापन यही महिनाको अन्तिमसम्म निकाल्न निर्देशन दिएको बताउँदै शिक्षकको आन्तरिक बढुवा पनि हुने बताए ।

     

    प्रकाशित मिति :पौष १ २०७८ बिहिवार - १३:३२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij