Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

एक डोज मात्र लगाए पुग्ने जोन्सनको २१ लाख ७६ हजार ६ सय बढी खोप नेपाल ल्याइयो

एक डोज मात्र लगाए पुग्ने जोन्सनको २१ लाख ७६ हजार ६ सय बढी खोप नेपाल ल्याइयो


  • 4.7K
    Shares

    एक डोज मात्र लगाए पुग्ने जोन्सनको २१ लाख ७६ हजार ६ सय  बढी खोप नेपाल ल्याइयो
    images

    काठमाडौँ । एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपको थप २१ लाख ७६ हजार ६ सय ५० मात्रा नेपाल ल्याइएको छ ।

    बिहान जर्मनीको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत जोन्सनको २१ लाख ७६ हजार ६ सय ५० डोज खोप नेपाल ल्याइएको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए ।

    यो खोप कुन उमेर समूहलाई कसरी दिने भन्नेबारे टुङ्गो लाग्न बाँकी छ । यसअघि अमेरिकाबाट आएको यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक तथा अपाङ्गता भएका व्यक्ति, नेपालमा बसोबास गर्ने शरणार्थी, स्वास्थ्यकर्मी र सफाइकर्मीलाई दिइएको थियो । त्यसपछि वैदेशिक रोजगारीमा जानेहरुलाई पनि यो खोप दिइएको थियो ।

    एक मात्रा लगाए पुग्ने भएकाले वैदेशिक रोजगारीमा जानेहरुको रोजाइमा जोन्सन एण्ड जोन्सनको खोप पर्ने गरेको छ । अन्य कम्पनीको खोप दुई डोज लगाउनुपर्छ । स्वास्थ्य मन्त्रालयले जोन्सनको खोप वैदेशिक रोजगारीमा जानेलाई दिने योजना भए पनि अहिलेलाई उपलब्ध भएका जुनसुकै खोप लगाउन आग्रह गरेको छ । 

    प्रकाशित मिति :पौष १ २०७८ बिहिवार - ११:४१:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij