Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आगामी महिना अझै थप १५ हजार ६८५ जना शिक्षकको विज्ञापन खोल्ने तयारी

आगामी महिना अझै थप १५ हजार ६८५ जना शिक्षकको विज्ञापन खोल्ने तयारी


  • 10.5K
    Shares

    • images
    आगामी महिना अझै थप १५ हजार ६८५ जना शिक्षकको विज्ञापन खोल्ने तयारी
    images

    शिक्षक सेवा आयोगले आगामी महिना थप १५ हजार ६८५ जना शिक्षकको विज्ञापन खोल्ने तयारी गरेको छ। 

    बुधबार मात्रै माध्यमिक तहका लागि एक हजार ५ सय ४४ शिक्षकको पदपूर्तिका लागि खुला विज्ञापन आह्वान गरेको आयोगले पुस तेस्रो साताभित्र थप साढे १५ हजार शिक्षकको पदपूर्तिका लागि विज्ञापन आह्वान गर्न लागेको हो।
     
    आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाका अनुसार तीनै तह गरी आयोगले १७ हजार २३२ जना शिक्षकका लागि आवेदन खुलाउन लागेको हो। यत्तिका संख्यामा विज्ञापन खुलाएको यो नै पहिलोपल्ट भएको मरहठ्ठाले जनाए। यसअघि २०७५ मा खोलिएको आवेदनको प्रावि तहमा ९ हजार ९९६, माविमा १ हजार ९७ र निमाविमा १ हजार ५७४ जना गरी १२ हजार ६६७ जनाको आवेदन खुलाइएको थियो। 

    प्रवक्ता मरहठ्ठाका अनुसार मावि पश्चात अब हप्ता–दस दिनको फरकमा निमाविमा २ हजार ५९६ र प्राविमा १३ हजार ८९ जना शिक्षकको पदपूर्तिका लागि विज्ञापन गर्न लागिएको छ। माध्यमिक तहमा १५ वटा विषयका लागि आवेदन खुलाइएको हो। निमाविमा ११ वटा विषयमा विज्ञापन खुलाउने तयारी आयोगको छ। 

    यसपल्ट आयोगले पहिलोपल्ट अनलाइन प्रणालीबाट आवेदन दिन सकिने व्यवस्था गरेको छ। माविसँगै अन्य तहको पनि सँगै विज्ञापन खोल्ने योजना रहे पनि चाप बढी हुँदा सर्भरमा समस्या आउनसक्ने भन्दै केही दिनको फरक पारेर आयोगले अन्य तहको आवेदन खुलाउन लागेको हो। 

    ‘यसपल्ट हामीले अनलाइन प्रणालीमार्फत आवेदन दिनसक्ने व्यवस्था गरेका छौँ। माविमा मात्रै ३ लाख जनाले आवेदन दिनसक्ने अनुमान गरेका छौँ,’ प्रवक्ता मरहठ्ठाले भने, ‘चाप बढी होला, सर्भरमा समस्या आउला भनेर हप्ता–दस दिनको फरकमा अन्य तहको विज्ञापन खुलाउने निर्णय भएको छ। मिति आयोगले निर्णय गर्छ।’

    परीक्षार्थीले अनलाइनमा सम्पूर्ण विवरणसहित फारम भर्नुपर्छ। त्यसपछि आवेदन शुल्क भुक्तानीका लागि नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकमध्ये आफूलाई एउटा पायक पर्ने बैंक छनोट गर्नुपर्छ। लगत्तै सिस्टमले परीक्षार्थीको नाममा भौचर दुई वटा भौचर (बैंक र परीक्षार्थी प्रति) तयार गरिदिन्छ। उक्त भौचर डाउनलोड गरी परीक्षार्थी बैंकमा गएर शुल्क बुझाउन सक्छन। बैंकमा शुल्क बुझाएपछि रुजु भएको केही समय पनि अनलाइनबाटै परीक्षार्थीले प्रवेशपत्र प्रिन्ट गर्न पाइन्छ। 

    शिक्षा नियमावलीमा भएको संशोधनअनुसार यसपल्ट सामान्य र विषयगत गरी २०० पूर्णाङ्कको लिखित परीक्षा हुनेछ। चैत्र १५ गतेलाई तोकिएको मावि तहको सामान्य परीक्षा १०० पूर्णांकको हुन्छ। त्यसमा कम्तीमा ५० अंक ल्याउने परीक्षार्थी विषयगत परीक्षामा सामेल हुन पाउनेछन्। सामान्य परीक्षामा ल्याइएको पूर्णाङ्कको ५० प्रतिशत नम्बर विषयगत परीक्षामा जोडेर नतिजा निकालिने प्रवक्ता मरहठ्ठाले जनाए। 

    शिक्षक तथा मानव स्रोत विकास केन्द्रले माग गरेअनुसार यो संख्यामा विज्ञापन खुलाइएको हो। अझै माग गरेअनुसार विज्ञापन खुलाइने उनले बताए। 

    आयोगले प्रदेश १ को मोरङ, प्रदेश २ को धनुषा, बागमतीको मकवानपुर, गण्डकीको कास्की, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा परीक्षा केन्द्र रहने व्यवस्था गरेको छ। 

    यसपल्ट प्रदेशगत रुपमा विज्ञापन भएकाले परीक्षार्थीको संख्यालाई दृष्टिगत गर्दै नजिकको जिल्लामा पनि परीक्षा केन्द्र राख्ने निर्णयक प्रदेश शिक्षा निर्देशनालयलाई दिन सकिने प्रवक्ता मरहठ्ठाले जनाए।  परीक्षार्थीको संख्या आइसकेपछि त्यसबारे निर्णय हुने उनले जनाए। पहिलो परीक्षा भएको दुई महिना उत्तरपुस्तिका जाँच गर्न समय लाग्ने र विषयगत परीक्षा र नतिजा गरी कम्तीमा ६ महिनामा शिक्षक नियुक्ति गरिसक्ने लक्ष्य आयोगले लिएको छ।

    प्रकाशित मिति :मंसिर २९ २०७८ बुधवार - १८:३२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij