Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

२४ घण्टामा २५२जना संक्रमित, ६ जनाको मृत्यु, ३०० निको

२४ घण्टामा २५२जना संक्रमित, ६ जनाको मृत्यु, ३०० निको


  • 5.0K
    Shares

    २४ घण्टामा  २५२जना संक्रमित, ६ जनाको मृत्यु, ३०० निको
    images

    काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार देशभर गरी ६ जनाको मृत्यु भएको हो । यो सँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५६५ पुगेको छ ।

    २४ घण्टाको अवधिमा ९ हजार २१२ जनामा पीसीआर परीक्षण गर्दा २५२ जना संक्रमित भएका छन् । यस्तै २ हजार ७८२ जनामा एन्टीजेन परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको छ । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणअनुसार कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार १६ पुगेको छ । एन्टिजेन विधिद्वारा गरिएको परीक्षणमा हालसम्म ९ लाख ५ हजार ८७३ पुगेको छ ।

    २४ घण्टामा ३०० जना संक्रमणमुक्त भएका छन् । नेपाल कोरोना निको हुने दर ९७.९ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सक्रिय संक्रमितको संख्या ५ हजार ६३५ रहेको छ । २४ घण्टामा २ हजार ५२३ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर २९ २०७८ बुधवार - १७:१८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij