Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

काठमाडौं महानगरपालिकाका निर्देशकसहित पाँच जना विरुद्ध भ्रष्टाचारको आरोप, विशेष अदालतमा मुद्दा

काठमाडौं महानगरपालिकाका निर्देशकसहित पाँच जना विरुद्ध भ्रष्टाचारको आरोप, विशेष अदालतमा मुद्दा


  • 3.3K
    Shares

    काठमाडौं महानगरपालिकाका निर्देशकसहित पाँच जना विरुद्ध भ्रष्टाचारको आरोप, विशेष अदालतमा मुद्दा
    images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका निर्देशकसहित पाँचजनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ । आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको जनाएको छ ।

    भ्रष्टाचार गरेको आरोपमा महानगरका निर्देशक भैरवबहादुर बोगटी, खरिद इकाइका प्रमुख बखतबहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक वीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले विज्ञप्तिमार्फत जानकारी दिएको छ । टेकुस्थित भवन निर्माणको लागि ठेक्काको प्राविधिक मूल्यांकनमा पाँचजनाको संलग्नता रहेको आयोगले जनाएको छ ।

    गलत लिखत तयार गरी निर्माण व्यवसायी छनोट गरेको हुँदा उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर देखिएकोले मूल्यांकन प्रक्रियामा सहभागी भई गलत लिखत तयार गर्नेहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको सजाय माग–दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ बमोजिम विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर २९ २०७८ बुधवार - १७:००:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij