Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

कटरीनाले विकीसँग शर्तसहित गरेकी थिइन् विवाह

कटरीनाले विकीसँग शर्तसहित गरेकी थिइन् विवाह


  • 5.3K
    Shares

    कटरीनाले विकीसँग शर्तसहित गरेकी थिइन् विवाह
    images

    मुम्बई(दैनिक भास्कर)। गत डिसेम्बर ९ मा विवाह बन्धनमा बाँधिएका अभिनेता विकी कौशल र अभिनेत्री कटरीना कैफले दैनिक रुपमा विवाहका नदेखिएका तस्वीरहरु सामाजिक सञ्जालबाट शेयर गरिरहेका छन् । उनीहरु मंगलबार मालदिभ्समा हनिमुन मनाएर मुम्बई फर्किएका छन् । मुम्बई फर्किएपछि उनीहरुको विवाहको बारेमा एक नयाँ तथ्य सार्वजनिक भएको छ । त्यो तथ्य के हो भने कटरीनाले विकीसँग शर्तसहित विवाह गरेकी रहिछन् ।

    विकी र कटरीना निकट साथीहरुका अनुसार उनीहरुले करिब दुई महिनाको डेट गरेका थिए । त्यसपछि मात्र विकीले कटरीना आफ्ना लागि बनेको अनुभव गरेका थिए । तर कटरीनाले यो कुरामा चासो राखेकी थिइनन् । किनकी उनी पछिल्लो ब्रेकअपबाट मिलेको पीडामा थिइन् । उनी विकीलाई मनपराउथिइन् । तर उनको बन्नका लागि थोरै समय मागेकी थिइन् ।

    कटरीना निकटका अनुसार कटरीनाले विकीसँग विवाहका लागि एउटा शर्त राखेकी थिइन् । विवाहपछि विकीले कटरीनाको परिवार, उनकी आमा र भाइ बहिनीलाई कटरीनाले दिएकै जस्तो सम्मान र माया दिनुपर्ने कटरीनाको शर्त थियो । किनकी विवाह अघि इसाबेल छोडेर कटरीनाको कुनै परिवारका सदस्यले विकीसँग भेटेका थिएनन् ।

    प्रकाशित मिति :मंसिर २९ २०७८ बुधवार - १४:३१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij