Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

जापानका वैज्ञानिकले बनाए मोबाइलको लाइटबाट कोरोना पत्ता लगाउने मास्क

जापानका वैज्ञानिकले बनाए मोबाइलको लाइटबाट कोरोना पत्ता लगाउने मास्क


  • 5.0K
    Shares

    जापानका वैज्ञानिकले बनाए मोबाइलको लाइटबाट कोरोना पत्ता लगाउने मास्क
    images

    सन २०१९ को अन्तिम महिनामा चीनको वुहान शहरमा पत्ता लागेको कोभिड–१९ भाइरसका नयाँ–नयाँ भेरियन्ट देखा परिरहेका छन् । यो महामारीबाट संसारले अझै मुक्ति पाउन सकेको छैन ।

    यसबारे नयाँ–नयाँ खोज, अनुसन्धान पनि भइरहेका छन् । यसैबीच जापानका वैज्ञानिकहरुले एक स्मार्ट मास्क बनाएका छन्, जसले परावैजनी किरणको माध्यमबाट व्यक्तिमा कोरोना संक्रमण छ, छैन भन्ने पत्ता लाग्ने दावी गरिएको छ । 

    जापानको क्योटो प्रिफेक्चूरल यूनिभर्सिटीका वैज्ञानिकहरुले यस्तो स्मार्ट मास्क बनाएका हुन् । अनुसन्धानकर्ताका अनुसार यो मास्क लगाएपछि स्मार्ट फोनको फ्ल्याक्स लाइट तथा जुनसुकै लाइटको परावैजनी किरणको सहायतामा कोरोना संक्रमणको अवस्था पत्ता लाग्नेछ । 

    वैज्ञानिकहरुले बताए अनुसार मास्कको भित्री तहमा एक खालको फिल्टर राखिएको छ । यसमा फ्लोरोसेन्ट स्प्रे लगाइन्छ। जसमा भाइरससँग बाँध्ने एन्टिबडीहरू हुन्छन्। यदि मास्कमा भाइरसका कणहरू छन् भने, फिल्टर प्रकाशमा चम्कन्छ। मास्कमा राखिएको फिल्टरलाई अस्ट्रिजको कोषिकाबाट बनाइएको वैज्ञानिकहरुले बताएका छन् । 

    विश्व विद्यालयले प्रकाशित गरेको रिपोर्ट अनुसार गत फेब्रअरीमा सुरुमा एक पोथी अस्ट्रिजलाई कोरोना भाइरसविरुद्धको खोप लगाएको थियो । त्यसपछि कोरोना भाइरसविरुद्धको एन्डबडीसहित अस्ट्रिजले पारेको अण्डाबाट एन्टिबडी निकालियो । अस्ट्रिजले धेरै मात्रामा धेरै प्रकारका एन्टिबडी उत्पादन गर्न सक्ने र उनीहरुको एन्टिबडीले धेरै प्रकारका कीटाणू र भाइरसविरुद्ध लड्न सक्ने दावी वैज्ञानिकहरुको छ । 

    अस्ट्रिजको अण्डाबाट निकालिएको यही  एन्टिबडीको प्रयोग गरेर उनीहरुले विशेष फिल्टर विकसित गरेका हुन् । जसलाई स्मार्ट मास्कमा प्रयोग गरिएको छ। यो मास्कको प्रयोग १० दिनमा ३२ व्यक्तिमा गरिएको अनुसन्धानको नेतृत्व गरेका वैज्ञानिक यासुहिरो सुकामोटोले बताएका छन् । ३२ जना कोरोना संक्रमित व्यक्तिलाई यो मास्क लगाएर प्रयोग गरिएको थियो।  उनीहरुमा मास्क अस्ट्रा भायोलेट लाइटमा बेस्सरी चम्कियो । 

    संक्रमितको शरीरमा भाइरसको संख्या कम हुँदै जाँदा मास्कको चमक पनि घट्दै जाने उनीहरुको दावी छ। अब १५० व्यक्तिमा परीक्षण गर्ने र त्यसमा सफल भएमा प्रयोगका लागि सरकारसँग अनुमति माग्ने यासुहिरो सुकामोटो बताउँछन् । 

    प्रयोग सफल भएर अनुमति पाएमा २०२२ मा यो बजारमा उपलब्ध गराइने छ । जसले घरमै रहेर कोरोना संक्रमण पत्ता लगाउन मद्दत गर्नेछ। ‘हामी थोरै लगानीमा अस्ट्रिजबाट ठूलो मात्रामा एन्टिबडी निकाल्न सक्छौँ, ५२ वर्षीय यासुहिरो सुकामोटो भन्छन्, ‘भविष्यमा म यसबाट सबैले प्रयोग गर्नसक्ने सजिलो परीक्षण कीट बनाउन चाहन्छु।’

    japantimes.co.jp बाट

    प्रकाशित मिति :मंसिर २९ २०७८ बुधवार - १३:३२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij