Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

एमसिसी बोर्ड बैठक बस्दै, नेपालबारे छलफल हुने

एमसिसी बोर्ड बैठक बस्दै, नेपालबारे छलफल हुने


  • 5.6K
    Shares

    एमसिसी बोर्ड बैठक बस्दै, नेपालबारे छलफल हुने

    नेपालमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) संसद्बाट पारित गरी कार्यान्वयनमा ल्याउने विषयमा विवाद भइरहेका बेला नेपाली समयअनुसार बुधबार बिहान वासिङ्टनमा एमसिसी बोर्ड बैठक बस्ने भएको छ।

    बैठकमा नेपालको विषयमा छलफल हुनेछ। नेपालमा एमसिसी कार्यान्वयनमा ढिलाइ भइरहँदा अमेरिकाले यसबारे उच्च चासो देखाएको छ। अमेरिकी अधिकारीले काठमाडौं आएर एमसिसीलाई कार्यान्वयनमा लैजान दलका नेता र सरकारलाई आग्रह गरिसकेका छन्।

    पछिल्लोपटक दक्षिण तथा मध्य एसियासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमण गरेर एमसिसी कार्यान्वयनका लागि उच्च राजनीतिक नेतृत्वसँग आग्रह गरेका थिए। उनले प्रधानमन्त्री शेरबहादुर देउवा तथा सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर नेपालले एमसिसी तत्काल कार्यान्वनयमा नलगे यो परियोजना फिर्ता लैजाने बताएका थिए। आजको नागरिक दैनिकमा समाचार छ ।

    प्रकाशित मिति :मंसिर २९ २०७८ बुधवार - ०८:०१:२२ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij