Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

पुँजी बजारको समस्या समाधान गर्छौं, मेरा कारण सेयर बजार घट्ने बढ्ने भन्ने हुँदैन: अर्थमन्त्री

पुँजी बजारको समस्या समाधान गर्छौं, मेरा कारण सेयर बजार घट्ने बढ्ने भन्ने हुँदैन: अर्थमन्त्री


  • 4.3K
    Shares

    पुँजी बजारको समस्या समाधान गर्छौं, मेरा कारण सेयर बजार घट्ने बढ्ने भन्ने हुँदैन: अर्थमन्त्री
    images

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले पुँजी बजारमा देखिएका समस्या समाधान गर्ने बताएका छन्। उनले कुनै मन्त्रीले सेयर बजार घटाउने वा बढाउने कुरा नभएको भन्दै यसमा लगानीकर्ता भ्रमित हुन नहुने बताएका छन्।

    उनले सेयर बजार विकासका लागि आवश्यक नीति र प्रविधिमा सुधार गर्न सरकार तयार रहेको पनि बताएका छन्। शर्माले सोमबार बिमा समितिको नयाँ कार्यालय भवन शिलान्यास कार्यक्रममा यस्तो धारणा राखेका हुन्। 

    बिमा समितिले ललितपुरको कुपण्डोलमा अत्याधुनिक भवन निर्माण गर्न लागेको छ। सोही भवनको शिलान्यास कार्यक्रममा अर्थमन्त्री पुगेका थिए।

    अर्थमन्त्रीले अहिले सेयर बजार हल्लाको भरमा चलेको बताएका छन्। उनले हल्लाकै भरमा सेयर बजार घट्नु वा बढ्नु ठीक नभएको बताएका छन्। हल्लाका भरमा सेयर बजार घटबढ हुनुले बजारमा संस्थागत र संरचनागत समस्या देखाउने शर्माको बुझाइ छ। यसले सेयर बजारको संरचना र स्थायित्वमासमेत प्रश्न उठेको मन्त्री शर्माले बताए।

    उनले भने, ‘हाम्रो सेयर बजार नीति तथा निर्देशनबाट भन्दा पनि होहल्लाको आधारमा चलेको देखियो। यो राम्रो कुरा होइन, बजारलाई यस्ता गतिविधिले प्रभावित गर्न नसक्नेगरी विकास गर्नुपर्छ।’

    प्रकाशित मिति :मंसिर २७ २०७८ सोमवार - १६:५९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij