२०८२ मंसिर १२ गते शुक्रवार
साताको दोश्रो कारोबार दिन (सोमबार) पनि सेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७९.२३ अंकले घटेर २२८२.०१ विन्दुमा झरेको छ । नेप्से ३.३६ प्रतिशतले घटेको हो । सेन्सेटिभ परिसूचक पनि १२.४७ अंकले घटेर ४३७.५९ विन्दुमा झरेको छ ।
कारोबारमा आएका कूल २३३ वटा कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार एक सय ७८ रूपैयाँ बराबरको कारोबार भएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको शेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स उपसमूह घटेको छ ।
सोमबार नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको १८ करोड ३ लाख ५९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
यस दिन गोर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । फाइनान्सको शेयरमूल्य ९.४७ अंकले बढेर ७ सय ७१ रूपैयाँ ९० पैसा पुगेको छ ।
आज स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरूले सबैभन्दा धेरै गुमाएका छन् । संस्थाको सेयरमूल्य ९.९९ अंकले घटेर एक हजार ६ सय ९३ रूपैयाँ ९० पैसामा झरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij