Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

मिस युनिभर्स २०२१ को उपाधि भारतीय सुन्दरी हरनाज सान्धुलाई

मिस युनिभर्स २०२१ को उपाधि भारतीय सुन्दरी हरनाज सान्धुलाई


  • 4.8K
    Shares

    मिस युनिभर्स २०२१ को उपाधि भारतीय सुन्दरी हरनाज सान्धुलाई
    images

    भारतकी सुन्दरी हरनाज कौर सन्धुले ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्स -२०२१ को ताज जितेकी छन् ।

    सोमबार इजरायलको इएलाटमा आयोजित ७०औं मिस युनिभर्स प्रतियोगिताको फाइनल राउन्टमा पाराग्वे र दक्षिण अफ्रिकाका सुन्दरीलाई पछि पार्दै सन्धुले मिस युनिभर्सको ताज पहिरिन सफल भएकी हुन् ।

    सन्धु भरतको पञ्जाबस्थित चन्डिगढकी बासिन्दा हुन् । २१ वर्षीया सन्धु मिस युनिभर्स बन्ने तेस्रो भारतीय सुन्दरी हुन् ।

    मिस युनिभर्समा भाग लिनु पहिला उनले फिल्म क्षेत्रमा समेत काम गरेकी छन् । उनी अभिनित पञ्जाबी फिल्म ‘भाइ जी कुटाङ्गे’ र ‘यारा गियान पू बरम’ आगामी वर्ष रिलिज हुँदैछन् ।

    योसँगै भारतले २१ सालपछि मिस युनिभर्सको उपाधि जितेको छ । यसअघि सन् १९९४ मा सुश्मिता सेन र २००० मा लारा दत्ताले उक्त उपाधि जितेका थिए ।

    प्रकाशित मिति :मंसिर २७ २०७८ सोमवार - १२:३१:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij