२०८२ भाद्र ८ गते आइतवार
प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी), विद्यालय सहयोगी कर्मचारी र लेखापालको तलब भत्ता वृद्धि भएको छ । रामेछापको उमाकुण्ड गाउँपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी), विद्यालय सहयोगी कर्मचारी र लेखापालको तलब भत्ता वृद्धि गरेको हो।
उमाकुण्ड गाउँपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी), विद्यालय सहयोगी र कर्मचारीको तलव सरकारले निर्णय गरे बमोजिम दिने भएको छ ।
गाउँपालिकाले मिति २०७८।०८।२१ गतेको बैठकले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी), विद्यालय सहयोगी कर्मचारी र लेखापालको तलब भत्ता वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८र०७९ देखि ०७८ साउन १ गतेबाट लागु हुने गरी गाउँपालिका कोषबाट सामुदायिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ता, कार्यालय सहयोगी र विद्यालय सहायक (लेखापाल)को तलब वृद्धि गरेको छ । संघीय सरकारले इसीडी शिक्षक र अधारभूत तहको विद्यालय सहयोगी कर्मचारीलाई दिएको आठ हजारमा गाउँपालिकाले सात हजार रूपैयाँ थप गरेर १५ हजार पुर्याएको छ ।
माध्यमिक तहमा कार्यरत् विद्यालय सहयोगी कर्मचारीलाई संघीय सरकारले दिएको आठ हजारमा गाउँपालिकाले नौ हजार रूपैयाँ थप गरेर १७ हजार पुर्याएको छ ।
यस्तो छ गाउँपालिकाले गरेको निर्णय र परिमार्जन भएको तलव
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij