Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

अबको तीन दिनभित्र खुला विज्ञापन गर्ने तयारीमा शिक्षक सेवा आयोग, अनलाइनबाटै आवेदन दिन सकिने

अबको तीन दिनभित्र खुला विज्ञापन गर्ने तयारीमा शिक्षक सेवा आयोग, अनलाइनबाटै आवेदन दिन सकिने


  • 4.1K
    Shares

    अबको तीन दिनभित्र खुला विज्ञापन गर्ने तयारीमा शिक्षक सेवा आयोग, अनलाइनबाटै आवेदन दिन सकिने
    images

    काठमाडौं । शिक्षक सेवा आयोगले आफ्नो वार्षिक कार्यतालिका अनुसार अबको तीन दिनभित्र शिक्षक पदपुर्तिकको खुला विज्ञापन गर्ने भएको छ । कार्यतालिका अनुसार १७ हजार २ सय २३ शिक्षकको नयाँ पदपूर्तिको खुला विज्ञापन गर्न लागेको हो ।

    सूचना अधिकारी सुदर्शन मरहट्टाले आयोगको वार्षिक कार्यतालिकामा मंसिरमा शिक्षक पदपुर्तिकको खुला विज्ञापन गर्ने भनिएको र त्यसै अनुरुप खुला विज्ञापन गर्न लागिएको बताए । उनले, मंसिर सकिन धेरै दिन नरहेको बताउँदै अबको तीन दिनभित्र खुला विज्ञापन गर्ने तयारीमा रहेको बताएका छन् ।

    मरहठ्ठाले परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाटै भर्ने व्यावस्था गर्न लागिएको समेत जनाएका छन् । म्यानुअलबाट फारम भराउँदा समय लाग्ने भएकोले अनलाइनबाटै फारम भर्ने व्यावस्था गर्न लागिएको उनले बताए ।

    उनले भने “पहिलो पटक आयोगले अनलाइनबाट आवेदन दिन सकिने व्यावस्था गर्न लागेको छ । साथै ठुलो संख्यामा शिक्षकहरुले आवेदन दिने हुँदा अनलनईनमा समस्या नआउनेगरी व्यावस्थित गर्न लागि परेका छौं।

    प्रकाशित मिति :मंसिर २७ २०७८ सोमवार - ११:१०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij