Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सेयर बजारमा झण्डै ९० अंकको पहिरो, सबै उपसमूह राताम्मे, ५ कम्पनीको मात्रै बढ्यो सेयर

सेयर बजारमा झण्डै ९० अंकको पहिरो, सबै उपसमूह राताम्मे, ५ कम्पनीको मात्रै बढ्यो सेयर


  • 4.1K
    Shares

    सेयर बजारमा झण्डै ९० अंकको पहिरो, सबै उपसमूह राताम्मे, ५ कम्पनीको मात्रै बढ्यो सेयर
    images

    साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ । बजारको परिसूचक नेप्से ८८.७० अंकले घटेको छ । सो अंकको कमीपछि नेप्से २३६१ अंकमा कायम भएको छ । यो अंक करिब ११ महिनायताकै न्यून हो । भदौ २ गते नेप्सेले हालसम्मै उच्च अंक ३१९८ रेकर्ड बनाएपछि ओरालो यात्रामा छ ।  

    कारोबार रकममा आइतबार सामान्य सुधार देखिएको छ । ३ अर्ब १९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यसअघि गत बिहीबार २ अर्ब ६७ करोडको कारोबार भएको थियो । तरलता संकट चुलिँदै जाँदा सेयरमा खरिद पक्ष झनै कमजोर बनेको छ । बजारमा पेनिक सेल बढेको छ ।

    सबै उपसमूह राताम्मे भएका छन् । बैंकिङ ४४, ब्यापार १८९, होटल तथा पर्यटन ८७, विकास बैंक २८१, जलविद्युत १२४, फाइनान्स १००, निर्जीवन बीमा ४९०, उत्पादन १८६, अन्य ६३, माइक्रोफाइनान्स १७५, जीवन बीमा ५०७ र लगानी उपसमूह ३ अंकले घटे ।

    आइतबार १८४ कम्पनीको सेयर मूल्य घट्यो भने जम्मा ५ कम्पनीको मात्रै बढ्यो । युनिलिभर नेपालको मूल्य सबैभन्दा धेरै २ प्रतिशत बढ्यो । मूल्य बढेका अरू ४ कम्पनीमा स्वाभिमान लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स र सपोर्ट माइक्रोफाइनान्स छन् । 

    यस्तै, आज सबै भन्दा धेरै नयाँ सारथी लघुवित्त वित्तीय संस्थको सेयर मूल्य घटेको छ। यस कम्पनीको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्स कम्पनी र लक्ष्मी म्यूअचल फन्डको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको नेप्सेले जानकारी दिएको छ।

    प्रकाशित मिति :मंसिर २६ २०७८ आइतवार - १५:३४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij