Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

८ वटा विकास बैंकको लाभांश घोषणा, कुन बैंककाे कति ?

८ वटा विकास बैंकको लाभांश घोषणा, कुन बैंककाे कति ?


  • 4.3K
    Shares

    ८ वटा विकास बैंकको लाभांश घोषणा, कुन बैंककाे कति ?
    images

    हालसम्म नेप्सेमा सूचिकृत भएका विभिन्न ८ वटा विकास बैंकहरूले आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई प्रदान गरिने लाभांशकाे घाेषणा गरेका छन् । साधारण सभाबाट पारित भएपश्चात उक्त लाभांश शेयरधनीहरूलाई वितरण गरिनेछ ।

    लाभांश घाेषणा गर्ने ८ वटा विकास बैंकमध्ये सबैभन्दा धेरै महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ भने सबैभन्दा थाेरै सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे लाभांश रहेकाे छ ।

    यस्तै, ८ वटा विकास बैंकमध्ये ५ वटा विकास बैंककाे बुकक्लाेज भइसकेकाे छ र बाँकी ३ वटा विकास बैंकहरूले भने हालसम्म साधारण सभा तथा बुकक्लाेज मिति ताेकेका छैनन् ।

    हेर्नुस् कुन बैंककाे कति लाभांश ?

    १.  महालक्ष्मी विकास बैंक लिमिटेड

    महालक्ष्मी विकास बैंक लिमिटेडकाे मंसिर १२ गते, आईतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन।

    २. कामना सेवा विकास बैंक लिमिटेड

    कामना सेवा विकास बैंक लिमिटेडको असाेज ७ गते, बिहीबार सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १८.५० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । बैंककाे १५ औं वार्षिक साधारण सभा आज कात्तिक २३ गते, मंगलबार, पार्क भिलेज रिसाेर्ट, बुढानीलकण्ठ, काठमाडाैँमा सम्पन्न भइसकेकाे छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कात्तिक १० गते एक दिनको लागि बुकक्लोज गरेको थियाे । त्यसैले, कार्तिक ९ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । अब बैंककाे सेयर किन्नेले याे आर्थिक वर्षकाे लाभांश पाउँदैनन् ।

    ३. मुक्तिनाथ विकास बैंक लिमिटेड

    मुक्तिनाथ विकास बैंक लिमिटेडको कार्तिक १२ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७.५७५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.९२५ प्रतिशत नगद गरी कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । बैंकको पन्ध्रौँ वार्षिक साधारण सभा मंसिर २५ गते, शनिबार होटल जलमहर घारिपाटन पोखरामा सम्पन्न भइसकेकाे छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १५ गतेदेखि बुकक्लोज गरेको थियाे । त्यसैले, मंसिर १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

    ४. ज्याेति विकास बैंक लिमिटेड

    ज्याेति विकास बैंक लिमिटेडकाे मंसिर ९ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ४.५ प्रतिशत नगद गरी कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन ।

    ५. मितेरी डेभलपमेन्ट बैंक लिमिटेड

    मितेरी डेभलपमेन्ट बैंक लिमिटेडकाे मंसिर २२ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन ।

    ६. लुम्बिनी विकास बैंक लिमिटेड

    लुम्बिनी विकास बैंक लिमिटेडकाे कार्तिक ८ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.७१२ प्रतिशत नगद गरी कुल १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । बैंकको चौधौँ वार्षिक साधारण सभा पुष ९ गते, शुक्रबार बैंकको केन्द्रिय कार्यलय डिल्लीबजार, काठमांडौमा बिहान ११ः१५ बजेदेखि सुरू हुनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २७ गतेदेखि बुकक्लोज गर्नेछ । त्यसैले, मंसिर २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

    ७. शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको कार्तिक १४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । बैंककाे तेह्राैँ वार्षिक साधारण सभा मंसिर २९ गते, बुधबार, महाराजा रिसाेर्ट, बुटवल, रूपन्देहीमा बिहान ११ बजेबाट सुरू हुनेछ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि मंसिर १७ गतेदेखि मंसिर २९ गतेसम्म बुकक्लाेज गरेकाे छ। त्यसैले, मंसिर १६ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

    ८. सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

    सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे असाेज १९ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ ।  बैंककाे १७औँ वार्षिक साधारण सभा कार्तिक १६ गते मंगलबार, लैनचाैर ब्यांक्वेट, लैनचाैर, काठमाडाैँमा सम्पन्न भइसकेकाे छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक ५ गतेदेखि कार्तिक १६ गतेसम्म बुकक्लोज गरेको थियाे । त्यसैले, कार्तिक ४ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्। 

    प्रकाशित मिति :मंसिर २६ २०७८ आइतवार - १४:५०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij