२०८२ भाद्र ३ गते मंगलवार
न्यादी हाइड्रोपावर लिमिटेडले १४ औं वार्षिक साधारण सभा पुस २८ गते हुने भएको छ । सभा बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वरमा हुने भएको हो।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका पुस १८ गतेदेखि २८ गतेसम्म बन्द रहनेछ । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij