२०८२ भाद्र ४ गते बुधवार
काठमाण्डौँ । राष्ट्रपतिको कार्यालयले संसद विघटन गर्ने निर्णयमा सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गर्ने तयारी गरेको छ ।
पुस १० मा सर्वोच्च अदालतले संसद् विघटनबारे कारण पेश गर्न आदेश दिएको थियो । आइतबार जवाफ पेश गर्ने अन्तिम दिन हो। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जवाफ पेश गर्नका लागि तयारी भइरहेको जानकारी दिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशले संसद विघटनसम्बन्धी मन्त्रिपरिषबाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात ५ दिनभित्र पेश गर्न आदेश दिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाई संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई तत्काल अनुमोदन गरेकी थिइन् ।
प्रधानमन्त्री ओलीले संसद विघटन साथै मध्यावधि निर्वाचन घोषणा गरेकोविरुद्ध सर्वोच्चमा १३ वटा रिट परेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij