Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

मध्यभोटेकोशीको आईपीओ नेप्सेमा कहिले हुँदैछ सुचिकृत ?

मध्यभोटेकोशीको आईपीओ नेप्सेमा कहिले हुँदैछ सुचिकृत ?


  • 4.7K
    Shares

    मध्यभोटेकोशीको आईपीओ नेप्सेमा कहिले हुँदैछ सुचिकृत ?
    images

    केहि समय अघि मात्र प्राथमिक शेयर सार्वजनिक गरेको मध्य भोटेशोकीको शेयर आँउदो साता दोस्रो बजारमा कारोबार हुने भएको छ । कम्पनीतले जानकारी दिएको छ ।

    शेयर रजिष्टार ग्लोवल आईएमई क्यापिटलका ब्यवस्थापक छविलाल पौडेलले दिएको जानकारी अनुसार सीडीएससीमा शेयर दर्ताको लागि सम्पुर्ण प्रक्रिया पुरा भएको साथै अब केहि काम कम्पनीको तर्फबाट गर्न बाँकी रहेको बताउनु भयो ।

    मध्य भोटेशोकीको सीइओ राम गोपालले दिएको जानकारी अनुसार शेयर सूचिकृतको लागि कम्पनीले विहिबार पत्राचार गरेको हुँदा यो हप्ताभरिमा शेयर सूचिकृत हुने तथा आगामी साता सम्ममा शेयर दोस्रो बजारमा कारोबार हुने छ । कम्पनीले सूचिकृतको लागि ९० प्रतिशत काम पुरा गरिसकेको छ ।

    कम्पनीले ९० करोड बराबरको ९० लाख कित्ताको शेयर विक्री गरेको थियो । जसमध्ये ५५ अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४५ अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

    बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो । कम्पनीको शेयरमा अन्तिम सम्ममा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो ।

    जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ४।१९ गुणा बढी हो । आवेदन दिनेमध्ये ८ लाख १९ हजार जनाले १० कित्ताको दरले कम्पनीको सेयर पाएका थिए ।

    प्रकाशित मिति :मंसिर २४ २०७८ शुक्रवार - १४:२५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij