२०८२ मंसिर १२ गते शुक्रवार
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले पौष ४ गतेबाट संस्थाले ३ हजार ५ सय कित्ता संस्थापक समूहको सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको न्युनतम मूल्य ७ सय ३५ रूपैयाँ तोकिएको छ ।
लगानीकर्ताले पौष ४ गतेबाट पौष ११ गतेसम्म न्युनतम ५ सय कित्ता र अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij