Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सिभिल बैंकको ऋणपत्र आजदेखी खुल्यो, क–कसले दिन पाउँछन् आवेदन ?

सिभिल बैंकको ऋणपत्र आजदेखी खुल्यो, क–कसले दिन पाउँछन् आवेदन ?


  • 5.7K
    Shares

    सिभिल बैंकको ऋणपत्र आजदेखी खुल्यो, क–कसले दिन पाउँछन् आवेदन ?

    सिभिल बैंकले शुक्रबार अर्थात् मंसिर २४ गतेदेखि तीन अर्ब रुपैयाँ बराबरको ‘सिभिल बैंक डिबेन्चर २०८८’ को बिक्री खुला गरेकोे छ ।

    बैंकले दीर्घकालीन स्रोत संकलनका लागि डिबेन्चर (ऋणपत्र) जारी गरेको हो । बैंकले प्रति डिबेन्चर एक हजार रुपैयाँ अंकित मूल्यका तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ ।

    कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट बिक्री हुनेछ । बाँकी रहेको १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता (सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ भने बाँकी रहेको ५ प्रतिशत बराबरको ६० हजार कित्ता सहित) डिबेन्चर सर्वसाधारणमा बिक्री गरिनेछ ।

    दश वर्ष अवधि रहेको बैंकको ऋणपत्रका लागानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाउनेछन् । मंसिर २४ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला भएको उक्त ऋणपत्र निष्काशन बन्द छिटोमा मंसिर २८ गते रहेको छ भने उक्त समयावधिभित्र सबै ऋणपत्र बिक्री नभएको खण्डमा भने ढिलोमा पुस ५ गतेसम्म निष्काशन खुला रहनेछ ।

    इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।

    61b2e0e4dc3ee.jpg

    प्रकाशित मिति :मंसिर २४ २०७८ शुक्रवार - ११:३०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij