Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

२७ कम्पनीको आईपीओ आउँदै, कुनको कति कित्ता ?

२७ कम्पनीको आईपीओ आउँदै, कुनको कति कित्ता ?


  • 6.5K
    Shares

    २७ कम्पनीको आईपीओ आउँदै, कुनको कति कित्ता ?
    images

    काठमाडौं । शेयरबजारमा २७ कम्पनीले ७ अर्ब २७ करोड रुपैयाँको आईपीओ निष्कासन गर्न लागेका छन् । यी २७ कम्पनीले ७ अर्ब २७ करोड रुपैयाँ बराबरको ६ करोड ६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् ।

    यतिबेला यी २७ वटै कम्पनी आईपीओ निष्कासनको अनुमति कुरीरहेका छन् । नेपाल धितोपत्र बोर्डको अनुमति पश्चात यी कम्पनीले आईपीओ निष्कासन गर्नेछन् ।

    सामान्यतया बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र शेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ  । शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका २७ कम्पनीले ७ अर्ब २७ करोड रुपैयाँ बराबरको ६ करोड ६० लाख कित्ता शेयर निष्कासन गर्ने जनाएका छन् ।

    तीमध्ये १८ वटा जलविद्युत, दुई इन्स्योरेन्स, ६ लघुवित्त र १ अन्य समूहअन्तर्गतका कम्पनी छन् । जलविद्युत् कम्पनीमध्ये प्रायःले स्थानीय र बाँकीले सर्वसाधारणका लागि शेयर निष्कासन गर्न लागेको बोर्डले जनाएको छ  ।

    आवेदन दिएका जलविद्युत् समूहका कम्पनीमध्ये सान्जेन जलविद्युत, सुपरमाई हाइड्रोपावर, सिकलेम्स हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, थ्रि स्टार, रिभर फल्स, अपर हेवाखोला, डोर्दि खोला, सयपत्री हाइड्रोपावर, बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर लिमिटेड, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, हिमालयन हाइड्रोपावर लिमिटेड, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि गरेर दुवैखाले शेयर निष्कासन गर्नेछन् ।

     

    ipo-2.png

    ipo-1.png

     

    प्रकाशित मिति :मंसिर २३ २०७८ बिहिवार - १६:३८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij