२०८२ मंसिर १२ गते शुक्रवार
साताको पाँचौें कारोबार दिन आज (बिहीबार) सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक ५.८४ अंकले घटेर दुई हजार ४४९.९७ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
साताको पाँचौें कारोबार दिन आज (बिहीबार) सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक ५.८४ अंकले घटेर दुई हजार ४४९.९७ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
२३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल दुई अर्ब ६७ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालयन डिस्टिलरी कम्पनी छ । कम्पनीले ८८ करोड ५५ लाख रुपैयाँको कारोबार गरेको छ ।
बिहीबार ७२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०६ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी १२ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । बिहीबार कारोबारमा आएका होटल तथा पर्यटन, अन्य र म्युचल फण्ड समूहका सूचक मात्र हरियाे देखिएका छन् ।
यिनीहरूमा पनि ०.६ देखि ०.६४ अंकले उकालो लागेका छन् । बाँकी सबै समूहका सूचक ०.१ प्रतिशतदेखि ०.७६ प्रतिशतसम्मको ओरालाे लागेकाे छ ।
आज सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन डिस्टिलरी रहेको छ । कम्पनीको आज एकैदिन ८ करोड ८५ लाख ५२ हजार २०५ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, अपि पावर कम्पनीको ८ करोड ६२ लाख, नबिल बैंकको ८ करोड १४ लाख, महालक्ष्मी विकास बैंकको ८ करोड ७ लाख र नेशनल हाइड्रोपावरको ७ करोड ३८ लाख माथिको कारोबार भएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij