२०८२ माघ १० गते शनिवार
सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।
आईपीओ निष्कासनका लागि मंसिर २० गते बोर्डमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्काशनको लागि आवेदन दिएको छ।
कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम गर्न यसअघि नै सानिमा क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरिसकेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij