२०८२ माघ ७ गते बुधवार
हिपहप म्युजिकका स्टार एम एफ डुमको ४९ वर्षको उमेरमा बिहीबार निधन भएको उनको परिवारले जनाएका छन् ।उनकी पत्नी जेसमिनले स्थानीय समयअनुसार बिहीबारै डुमको एकाउन्टबाट उनको मृत्युको पुष्टि गरेकी हुन् ।
जेसमिनले आफ्ना पतिका बारेमा लेखेकी छिन्, “(उनी) मैले खोजेकोभन्दा राम्रा पति, बुबा, शिक्षक, विद्यार्थी, व्यवसायिक साझेदार, प्रेमी र साथी हुन् ।”
लन्डनमा जन्मेका ड्यानियल ड्युमिललाई उनको शाब्दिक सटिकता, र्याप र सांगितिक प्रस्तुतिमा सधैँ मास्क लगाउने रूपमा चिनिन्छ ।
डुम बाल्यकालमै न्युयोर्कमा बसाइँ सरेका थिए । उनले सन् १९९९ मा "अपरेसन: डुम्सडे"बाट व्यावसायिक सांगीतिक यात्रा सुरु गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij