Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

शेयर बजारमा ५३.१० अंकको गिरावट: यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?

शेयर बजारमा ५३.१० अंकको गिरावट: यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?


  • 5.7K
    Shares

    शेयर बजारमा ५३.१० अंकको गिरावट: यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन (बुधबार) पनि शेयर बजारमा भारी अंकको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५३.१० अंकले घटेर २४५५.८० विन्दुमा झरेको छ । नेप्से २.१२ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.३४ अंकले घटेर ४६४.७९ विन्दुमा झरेको छ । 

    कारोबारमा आएका कूल २२६ वटा कम्पनीको ६५ लाख ६० हजार ९ सय ४७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६ सय २० रूपैयाँ बराबरको कारोबार भएको छ ।

    कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै व्यापार, विकास बैंक र फाइनान्स समूह घटेको छ । 

    बुधबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ११ करोड ८८ लाख १५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

    आज स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ । बैंकको शेयरमूल्य १.९४ प्रतिशतले बढेर ४ सय ५० रूपैयाँ ८० पैसा पुगेको छ । 

    यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । संस्थाको शेयरमूल्य ८.५४ प्रतिशतले घटेर एक हजार एक सय ६८ रूपैयाँमा झरेको छ । संस्थाले लाभांश नदिने घोषणा गरेसँगै यसको शेयरमूल्यमा नकारात्मक प्रभाव परेको हो । 

    अन्य कुनको कति ?

    turn-over-mansir-22.jpg

    प्रकाशित मिति :मंसिर २२ २०७८ बुधवार - १५:३८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij