Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बैंकहरूले गाडी किन्न दिए पौने २ खर्ब ऋण, कुन बैंकले कति दिए ऋण? (सुचीसहित)

बैंकहरूले गाडी किन्न दिए पौने २ खर्ब ऋण, कुन बैंकले कति दिए ऋण? (सुचीसहित)


  • 6.3K
    Shares

    बैंकहरूले गाडी किन्न दिए पौने २ खर्ब ऋण, कुन बैंकले कति दिए ऋण? (सुचीसहित)

    सार्वजनिक सवारीसाधन भरपर्दो, छिटो र छरितो नहुँदा प्राइभेट सवारीसाधन बाध्यता बनेको हो । साथै, हिजो आज सवारीसाधनलाई मानिसको प्रतिष्ठासँग पनि जोडिएर हेर्न थालिएको छ। उच्च आम्दानी गर्नेहरूले करोडौँका महंगा गाडी किन्छन् भने सामान्य मानिसले सस्ता गाडी किन्न खोज्छन्।

    मानिसको आफ्नै सवारीसाधन किन्ने इच्छालाई बैंक तथा वित्तीय संस्थाहरूले पूरा गरिदिन थाालेका छन् । नियमित आम्दानी हुनेहरूलाई सवारी कर्जा उपलब्ध गराउँदै आएका छन् ।

    एकैपटक सवारी साधनको सबै पैसा चुक्ता गर्नुभन्दा किस्ता–किस्तामा बैंकको कर्जा तिर्न सजिलो हुने भएकाले सेवाग्राहीले पनि कर्जा लिएर सवारी साधन खरिद गर्ने गरेका छन् ।

    बैंक तथा वित्तीय संस्थाहरूले सवारीसाधन खरिदका लागि मात्र झन्डै पौने २ खर्ब कर्जा दिएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले सवारी कर्जा (हायर पर्चेज लोन) अन्तर्गत कुल १ खर्ब ६६ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।

    जसमध्ये वाणिज्य बैंकहरूले मात्रै १ खर्ब ३९ अर्ब रुपैैयाँ र विकास बैंक, फाइनान्स कम्पनी लगायतले २७ अर्ब कर्जा दिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । कुल सवारी कर्जामध्ये वाणिज्य बैंकहरूको हिस्सा ८८ प्रतिशत रहेको छ ।

    घट्दो क्रममा सवारी कर्जा

    पछिल्ला केही वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको सवारीसाधन खरिदका लागि दिने कर्जा रकम घट्दै गएको तथ्यांकले देखाउँछ । कोरोना महामारीले मानिसहरूको रोजगारी गुमेर आर्थिक स्थिति कमजोर बन्नु, पछिल्लो समय बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव, राष्ट्र बैंकले महँगा मूल्यका गाडी आयातमा गरेको कडाइ लगायत कारणले यस क्षेत्रमा बैंकहरूको कर्जा घटेको हो ।

    केन्द्रीय बैंकको तथ्यांक अनुसार पछिल्लो ३ वर्षमा बैंक तथा वित्तीय संस्थाको सवारी कर्जा विस्तार करिब साढे १४ अर्ब रुपैयाँँलहायर पर्चेज कर्जा १४ अर्बले घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा बैंक तथा वित्तीय संस्थाहरूले हायर पर्चेजमा १ खर्ब ८० अर्ब रुपैयाँ ऋण लगानी गरेका थिए भने २०७८/७९ असोजसम्म आइपुग्दा घटेर १ खर्ब ६६ अर्ब ४ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ ।

    आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरूले सवारी साधनमा १ खर्ब ७४ अर्ब ५८ लाख रुपैयाँ ऋण लगानी गरेका थिए ।

    हायर पर्चेजमा कुन बैंकले कति दिए ऋण ?

    हाल संचालनमा रहेका २७ वटा वाणिज्य बैंकहरूले हायरपर्चेज शिर्षकमा १ खर्ब ३९ अर्ब ऋण लगानी गरेका छन् । सोमध्ये ग्लोबल आईएमइ बैंकले सबैभन्दा धेरै ११ अर्ब ४ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    सवारीसाधनमा धेरै ऋण लगानी गर्ने बैंकमा दोस्रोमा एनआइसी एसिया रहेको छ। एनआइसीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म सवारीसाधन खरिदका लागि ९ अर्ब ३ करोड ९२ लाख रुपैयाँ कर्जा दिएको छ ।

    त्यसैगरी, धेरै पर्चेज कर्जा कर्जा प्रवाह गर्ने बैंकहरूमा सिद्धार्थ बैंक ७ अर्ब ९ करोड २३ लाख, प्राइम कमर्शियल बैंक ७ अर्ब १ करोड ९४ लाख, हिमालयन बैंक ६ अर्ब ८८ करोड, माछापुच्छे ६ अर्ब ७९ करोड, नेपाल बंगलादेश बैंक ६ अर्ब ५१ करोड, प्रभु बैंक ६ अर्ब २५ करोड रहेका छन् ।

    सवारी साधनमा सबैभन्दा कम कर्जा अर्थात ऋण लगानी गर्ने बैंकमा लक्ष्मी बैंक रहेको छ । लक्ष्मीले सवारीसाधन खरिदका लागि २ अर्ब २ करोड २२ लाख रुपैयाँँ कर्जा दिएको छ ।

    hire-purchese.jpg

    प्रकाशित मिति :मंसिर २२ २०७८ बुधवार - १३:४९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij