२०८२ भाद्र ४ गते बुधवार
काठमाडौँ । प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रियसभाको एकल अधिवेशन शुक्रबार सुरु भएको छ ।
संसद्को मुख्य काम कानुन निर्माण, संशोधन र परिमार्जन गर्ने भए पनि यो काममा राष्ट्रियसभा एक्लैले मात्र गरेर पूर्णता पाउँदैन । संविधान, कानुन र संसद् नियमावलीले राष्ट्रियसभाले बनाउने कानुनलाई प्रतिनिधिसभाले पारित गरे मात्र अन्तिम रूप पाउने व्यवस्था गरेका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो । प्रतिनिधिसभा विघटनमा परे पनि संवैधानिक संकट टार्न राष्ट्रियसभाको अधिवेशन सुरु भएको हो ।
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाएका छन् । बैठकमा दलीय प्रतिनिधित्वका आधारमा अहिले दलका नेताहरुले सम्बोधन गरिरहेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १२ गते शुक्रबारका लागि राष्ट्रिय सभाको अधिवेशन आह्यवान गरेकी थिइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij