Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

चेम्बर अफ कमर्श र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले स्नातक तहका ४९ विद्यार्थीलाई छात्रवृत्ति

चेम्बर अफ कमर्श र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले स्नातक तहका ४९ विद्यार्थीलाई छात्रवृत्ति


  • 4.7K
    Shares

    चेम्बर अफ कमर्श र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले स्नातक तहका ४९ विद्यार्थीलाई छात्रवृत्ति
    images

    काठमाडौँ । नेपाल चेम्बर अफ कमर्श र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले स्नातक तह (बिबिएम ई–बिजनेस) मा अध्ययनरत ४९ विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्ने भएको छ । 

    विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेबारे सम्झौतापत्रमा मङ्गलबार चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र फाउण्डेशनका अध्यक्ष पङ्कज जलानले हस्ताक्षर गर्नुभयो । सम्झौतापत्रमा प्रत्येक प्रदेशमा बिबिएम ई–बिजनेश पढ्न चाहने एक छात्रालाई पूर्ण सहुलियत, १४ विद्यार्थीलाई ट्युसन कक्षा पढ्न शत प्रतिशत  र २८ विद्यार्थीलाई ५० प्रतिशत छुट दिने उल्लेख छ । चेम्बरका अध्यक्ष मल्लले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गरी आर्थिक सहयोग उपलब्ध गराइने बताए । 

    चेम्बरसँगको सहकार्यमा फाउण्डेशनले स्नातक तहको पढाइमा रु एक करोड १७ लाख बराबरको सहयोग गर्ने फाउण्डेशनका अध्यक्ष जलानले बताए। सूचना प्रविधिको विकाससँगै अबका दिनमा ई–विजनेश शिक्षा प्रभावकारी हुने अध्यक्ष जलानको भनाइ थियो । 

    प्रकाशित मिति :मंसिर २२ २०७८ बुधवार - १२:३४:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij