२०८२ भाद्र ३ गते मंगलवार
नेपाल बैंकको शेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई दिने बोनस शेयर नेप्सेमा समायोजन भएसँगै नयाँ मूल्य तोकिएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) शेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता नेपाल बैंकको ३७८.६८ रुपैयाँ कायम गरेको हो ।
यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ४ सय ३१.७० रुपैयाँ थियो । बैंकले गत आर्थिक वर्षबाट १७ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । जसमा १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश दिने घोषणा थियो ।
प्रस्तावित लाभांश बैंकको आउँदो पुस २ गते हुने ६२औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij