Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

महिनावारी हुँदा दुखाई कम गर्ने औषधी खानुहुन्छ ? यस्ता छन् साइड इफेक्टका लक्षणहरु

महिनावारी हुँदा दुखाई कम गर्ने औषधी खानुहुन्छ ? यस्ता छन् साइड इफेक्टका लक्षणहरु


  • 6.8K
    Shares

    महिनावारी हुँदा दुखाई कम गर्ने औषधी खानुहुन्छ ? यस्ता छन् साइड इफेक्टका लक्षणहरु

    काठमाडौँ । महिनावारीको क्रममा महिलालाई तल्लो पेट दुख्नु एक सामान्य प्रक्रिया हो । यो दुखाई साधारण हुन्छ । तर जब यो दुखाई असह्य हुन्छ तब अधिकांश महिला दुखाई कम गर्ने औषधी (पेनकिलर) खान्छन् । तर यो औषधी खाँदा महिलाले केही कुरामा भने ध्यान दिनुपर्ने हुन्छ ।

    – यदि महिनावारीको क्रममा अत्यधिक पीडा भयो भने दुई भन्दा कम (माइल्ड डोज) पेनकिलर खाँदा पनि आराम महसुस हुन्छ । तर यति गर्दा पनि पीडा कम भएन भने चाहिँ चिकित्सकको परामर्श लिनु पर्दछ ।

    – यदि तपाईंलाई अत्यधिक पीडा हुन्छ र दिनमा दुई भन्दा धेरै पेनकिलर खाइरहनुभएको छ भने यसले साइड इफेक्ट गराउन सक्छ । साथै थप स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

    – किशोरी अवस्थामा महिलालाई महिनावारी हुँदा अत्यधिक पीडा हुन्छ । तर उमेर बढेसँगै यसको दुखाईमा कम हुन थाल्छ । त्यसैले उमेर बढेसँगै पेनकिलर खानबाट बच्नु पर्दछ ।

    यी हुन् साइड इफेक्टहरु :

    – लामो समयसम्म पेन किलरको प्रयोग गर्दा कलेजो र मिर्गौला खराब हुने खतरा बढ्छ ।

    – निन्द्रा नलाग्ने समस्या हुनसक्छ ।

    – चिलाउने र छाला पोल्ने समस्या हुनसक्छ ।

    – एसिडिटीको समस्या निम्तिन सक्छ ।

    – कब्जियत वा झाडा लाग्न सक्छ ।

    – पेटमा अल्सर हुनसक्छ ।

    प्रकाशित मिति :मंसिर २२ २०७८ बुधवार - ११:१४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij