२०८२ मंसिर ७ गते आइतवार
काठमाडौं। सिटिइभिटी बागमती प्रदेश कार्यलयले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चलन गरिरहेका विद्यालयहरुमा प्रयोगशाला स्थापना तथा विषयगत प्राविधिक प्रशिक्षकको तलबका लागि प्रस्ताव फारम भरेर पठाउन निर्देशन दिएको छ ।
आर्थिक वर्ष २०७८/०७९ को वजेटमा व्यावस्था भए बमोजिम सिटिइभिटी बागमती प्रदेश कार्यलय अन्तर्गतका सामुदायिक विद्यालयमा प्रि डिप्लोमा तथा डिप्लोमा/प्रमाणपत्र तहको प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गरीरहेका विद्यालयलाई प्रयोगशाला स्थापनाका लागि प्रस्ताव फारम भर्न भनिएको हो ।
त्यसैगरी परिषद्बाट प्रशिक्षणका लागि नियमित सञ्चालन अनुदान प्राप्त नगरेका विद्यालयहरुलाई गुणस्तरीय प्रशिक्षणका लागि आवश्यक न्युनतम प्रशिक्षण तथा प्रशिक्षण सामाग्रीको सुनिश्चितता गर्न चालु शैक्षिक सत्रमा विद्यालयमा सञ्चालित कार्यक्रमको स्वीकृत भर्ना क्षमताको ५० प्रतिशत विद्यार्थी भर्ना भएका विद्यालयहरुलाई अनुदान उपलब्ध गराउने जनाएको छ ।
त्यस्ता विद्यालयहरुले कार्यलयको वेबसाइटमा राखिएको संलग्न ढाँचा अनुसार प्रस्तावना फारम भरी पुस ५ गतेभित्र कार्यलयमा पठाउनु पर्ने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij