Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

देशभर थपिए ४२६ जना कोरोना संक्रमित, ५२२५ जनाको पीसीआर परीक्षण

देशभर थपिए ४२६ जना कोरोना संक्रमित, ५२२५ जनाको पीसीआर परीक्षण


  • 8.3K
    Shares

    देशभर थपिए ४२६ जना कोरोना संक्रमित, ५२२५ जनाको पीसीआर परीक्षण

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा १५३ जना महिला र २७३ जना पुरुष रहेका छन् ।

    २४ घण्टामा ५ हजार २२५ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ३७ हजार ७०२ पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ४८ छ भने क्वारेन्टाइनमा ३६७ जना रहेका छन् ।

    त्यसैगरी २४ घण्टामा ७४८ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५३ हजार १०७ पुगेको छ ।

    २४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८६४ रहेको छ ।

    प्रकाशित मिति :पौष १७ २०७७ शुक्रवार - १६:०१:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij