Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

साढे ३ वर्षदेखि कार्यलयमा अनुपस्थित डाक्टरलाई सेवाबाट हटाउने तयारी, मन्त्रालयले माग्यो ७ दिनभित्र स्पष्टीकरण

साढे ३ वर्षदेखि कार्यलयमा अनुपस्थित डाक्टरलाई सेवाबाट हटाउने तयारी, मन्त्रालयले माग्यो ७ दिनभित्र स्पष्टीकरण


  • 4.0K
    Shares

    साढे ३ वर्षदेखि कार्यलयमा अनुपस्थित डाक्टरलाई सेवाबाट हटाउने तयारी, मन्त्रालयले माग्यो ७ दिनभित्र स्पष्टीकरण
    images

    काठमाडौँ । विदा स्वीकृत नगराइकन साढे तीन वर्षदेखि गायब भएका एक स्वास्थ्य अधिकारीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाइएको छ । 

    विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत कन्सन्टेन्ट रेडियोलोजिस्ट डा.ओमविजु पन्तलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्टीकरण सोधेको छ । 

    स्वास्थ्य मन्त्रालयले मंगलबार प्रकाशन गरेको सूचना अनुसार नवौं तहको अधिकृतका रुपमा कार्यरत पन्त विदा स्वीकृत नगराइकन २०७५ बैशाख २ गतेदेखि कार्यलयमा अनुपस्थित हुनुहुन्छ । 

    नेपाल स्वास्थ्य सेवा ऐन अनुसार पन्तलाई सेवाबाट हटाउनु पर्ने भएकाले स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण मागेको हो । कारबाही नगर्नु पर्ने कुनै कारण भए प्रमाणसहित ७ दिनभित्र स्पष्टीकरण पेश गर्न मन्त्रालयले भनेको छ । 

    Capture.png

    प्रकाशित मिति :मंसिर २१ २०७८ मंगलवार - १६:०९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij