Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

बैतडीमा जीप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो

बैतडीमा जीप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो


  • 3.7K
    Shares

    बैतडीमा जीप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो
    images

    बैतडी । बैतडीमा सोमबार साँझ जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएकी पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो ।

    जानकीलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि डडेल्धुरा सिफासिर गर्ने तयारी हुँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । यसअघि दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।   पाटन नगरपालिका–१ सकारकै १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विकको घटनास्थलमै मृत्यु भएको हो ।
     
    यसैबीच दुर्घटना परी अन्य पाँच जना घाइते रहेका छन् । घाइतेमध्ये  पाटन नगरपालिका–१ सकारका ओमप्रकाश भट्टराई र मानध्वज भट्टराईको अवस्था गम्भीर रहेको छ । यी दुवै जनालाई थप उपचारका लागि डडेल्धुरा सिफारिस गरिएको छ । अन्य घाइते पाटन नगरपालिका–१ सकारकै  दीपक भट्टराई, विष्णु भट्टराई र गोविन्द विकको पाटन प्राथमिक उपचार केन्द्रमै उपचार भइरहेको छ ।
        
    जिल्लाको पाटन बजारबाट कैलपाल जाँदै गरेको से१ज ८८८ नंको जीप पाटन नगरपालिका–१ सकार थलीमा दुर्घटनामा परेको हो । जीपमा चालकसहित ११ जना सवार रहेका बताइएको छ । चालक पाटन–५ वसन्तरपुरका खेमराज पाण्डेय फरार छन् । दुर्घटनाग्रस्त जीप सडकबाट १०० मिटर तल खसेको छ । कच्ची, चिप्लो र भिरालो बाटोका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।  

    प्रकाशित मिति :मंसिर २१ २०७८ मंगलवार - १०:२७:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij