Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

प्यूठानमा टिपरले अटोरिक्सालाई ठक्कर दिँदा बाबु-छोराको घटनास्थलमै मृत्यु

प्यूठानमा टिपरले अटोरिक्सालाई ठक्कर दिँदा बाबु-छोराको घटनास्थलमै मृत्यु


  • 3.4K
    Shares

    प्यूठानमा  टिपरले अटोरिक्सालाई ठक्कर दिँदा बाबु-छोराको घटनास्थलमै मृत्यु
    images

    बुटवल । सोमबार प्यूठानमा टिपरले अटोरिक्सालाई ठक्कर दिँदा अटोरिक्सा सवार बाबु–छोराको घटनास्थलमै मृत्यु भएको छ ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा प्युठान नगरपालिका–३ घुर्चनेका ३५ वर्षका अमृत थापा र उनका ४ बर्षका छोरा सुशान्त थापा रहेका छन् ।

    चकचकेबाट बिजुवारतर्फ जाँदै गरेको न ८ ख ३९०३ नम्बरको टिप्परले रा १ ह ५७०७ नम्बरको अटोरिक्सालाई माण्डवी गाउँपालिका–५ चकचके–चेरनेटा सडक खण्डमा ठक्कर दिएकाले थियो ।

    टिपर अटोरिक्सालाई ठक्कर दिँदा सवार रहेका प्यूठान नगरपालिका–३ कि ८ वर्षकी दुर्गा थापा, ३० बर्षकी पुनम थापा, १६ बर्षकी विपना थापा र १० बर्षकी सुष्मा थापा घाइते भएका छन् । जिल्ला अस्पताल बिजुवारमा उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर २० २०७८ सोमवार - १५:५४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij