२०८२ माघ १० गते शनिवार
काठमाडौँ । साताको दोस्रो दिन सोमबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। आइतबार ७२.३ अंकले ओरालो लागेको सेयर बजार आज ३२.२२ अंकले उकालो लागेको छ।
आज सेयर बजार १.२८ प्रतिशतले उकालो लाग्दा नेप्से परिसूचक २ हजार ५ सय ४६.०८ विन्दुमा सीमित भएको छ।
सेयर बजारमा आज केही सुधार दखिए पनि कारोबार रकममा भने सुधार देखिएको छैन। आज ९४ लाख ७१ हजार ३ सय ११ कित्ता सेयर किनबेच हुँदा कोरोबार रकम ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २ सय ७१ रुपैयाँ पुगेको छ।
आज सबै उपसमूहहरु बढेका छन्। सबैभन्दा धेरै डेभलपमेन्ट बैंक उपसमूह ३.४५ प्रतिशतले बढेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij