२०८२ माघ ७ गते बुधवार
काठमाडौं । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेको मंसिर ११ गतेदेखि मंसिर १७ गतेसम्म तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप बढेको हो। यो अवधिमा बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ।
योसँगै मंसिर १७ गतेसम्म वाणिज्य बैंकको कुल निक्षेप ४२ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर १० गतेसम्म बैंकहरुको कुल निक्षेप ४२ खर्ब १९ अर्ब रुपैयाँ रहेको थियो।
यसैगरी वाणिज्य बैंकहरुको कर्जा लगानी पनि पछिल्लो एक साता (मंसिर ११ गतेदेखि मंसिर १७ गतेसम्म) को अवधिमा १४ अर्ब रुपैयाँले बढेको छ।
योसँगै कुल कर्जा लगानी ४० खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर १० गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ५५ अर्ब रुपैयाँ रहेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij