Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

यी दुई कम्पनीको आईपिओ आउँदै, कुनको कहिले कति कित्ता निष्काशन हुँदैछ ?

यी दुई कम्पनीको आईपिओ आउँदै, कुनको कहिले कति कित्ता निष्काशन हुँदैछ ?


  • 6.5K
    Shares

    यी दुई कम्पनीको आईपिओ आउँदै, कुनको कहिले कति कित्ता निष्काशन हुँदैछ ?
    images

    सानिमा मिडिल तमोर हाइड्रोपावर

    सानिमा मिडिल तमोर हाइड्रोपावरले सर्वसाधारणमा प्राथमिक शेयर जारी गर्ने विशेष प्रस्ताव सहित पुस १४ गते छैठौ वार्षिक साधारण सभा डाकेको छ ।

    सभा होटल, अकामा धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेबाट हुनेछ । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    सभाको विशेष प्रस्तावमा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तथा सो कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने रहेको छ । कम्पनीको जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रहेको छ ।

    यसैगरी आईपीओबाट प्राप्त हुने कुल रकमको उपयोग सम्बन्धी वित्तीय योजना तथा रणनीति निर्धारण गर्ने र स्वतन्त्र सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनिसभाले पारित गर्नेछ ।

    साथै सभाले आव २०७७र७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८र७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर पनि छलफल गरी पारित गर्नेछ ।

    पिपुल्स हाइड्रोपावर कम्पनी

    पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणहरुका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता आइपीओ निष्काश गर्ने भएको हो ।

    कम्पनीको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ । शेयर प्रत्याभूतिकर्ता सम्बन्धि सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका प्रबन्ध संचालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका हुन् ।

    शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटललाई नियुक्त समेत गरिसकेको छ ।

    प्रकाशित मिति :मंसिर २० २०७८ सोमवार - १४:३७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij