Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

राष्ट्रियसभाका एक सांसदसहित ६ जनामा कोरोना संक्रमण

राष्ट्रियसभाका एक सांसदसहित ६ जनामा कोरोना संक्रमण


  • 8.1K
    Shares

    राष्ट्रियसभाका एक सांसदसहित ६ जनामा कोरोना संक्रमण

    काठमाडौं । संघीय संसदको राष्ट्रियसभाका एक सदस्यसहित ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    संघीय संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार राष्ट्रियसभाका १ सदस्य र ५ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।   

    ‘एक जना माननीय सदस्य र पाँच जना कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ,’ धमलाले भने । हिजो बिहीबार ९७ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमा ४१ जना सांसदले पनि कोरोना परीक्षणका लागि स्वाब बुझाएका थिए ।   

    राष्ट्रियसभाको हिउँदे अधिवेशन आज दिउँसो ४ बजेदेखि बस्दैछ।  प्रतिनिधिसभाको विघटन गत पुस ५ गते नै विघटन भइसकेको छ । प्रतिनिधिसभा विघटन भएपछि पहिलो पटक राष्ट्रियसभाको बैठक बस्न लागेको हो ।

     राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आजको लागि संसद् अधिवेशन बोलाएकी हुन् । एक सांसद र पाँच जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपनि अधिवेशन चल्ने धमलाले बताए । 

    प्रकाशित मिति :पौष १७ २०७७ शुक्रवार - १४:३६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij