Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

तीन लघुवित्तको एफपिओ सेबोनको पाइपलाइनमा, कुन-कुन ?

तीन लघुवित्तको एफपिओ सेबोनको पाइपलाइनमा, कुन-कुन ?


  • 4.9K
    Shares

    तीन लघुवित्तको एफपिओ सेबोनको पाइपलाइनमा, कुन-कुन ?
    images

    विभिन्न ३ लघुवित्त कम्पनीहरु नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा एफपिओ निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् । 

    किसान लघुवित्त वित्तिय संस्था
    किसान लघुवित्त वित्तिय संस्थाले १२ लाख ८९ हजार २५९ कित्ता एफपिओ जारी गर्ने अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा असार २९ गते आवेदन दिएको हो । 

    संस्थाले १२५ रुपैयाँको दरले १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ बराबरको एफपिओ जारी गर्ने अनुमति मागेको हो । हाल संस्थाको चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई एफपीओ मार्फत सेयर जारी गरे पश्चात संस्थाको चुक्ता पुँजी ५२ करोड २६ लाख रुपैयाँ पुग्नेछ । 

    संस्थाले एफपीओ निष्कासन प्रयोजनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

    नयाँ सारथी लघुवित्त वित्तिय संस्था
    नयाँ सारथी लघुवित्त वित्तिय संस्थाले ३ लाख २९ हजार ६४९ कित्ता एफपिओ जारी गर्ने अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा भदौ ९ गते एफपिओ जारी गर्ने अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो । 

    संस्थाले ११६ रुपैयाँको दरले  ३ करोड ८२ लाख रुपैयाँ बढीको एफपिओ जारी गर्ने अनुमति मागेको हो । संस्थाले एफपीओ निष्कासन प्रयोजनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

    त्यस्तै मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड
    त्यस्तै मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन०  मा कार्तिक २३ गते निवेदन पेश गरेको हो ।

    संस्थाले एक सय रुपैयाँ अंकित दरमा ७७ रूपैयाँ ८ पैसा प्रिमियम थपेर प्रतिकित्ता एक सय ७७ रूपैयाँ ८ पैसामा ९१ लाख २३ हजार ९ सय ८४ रूपैयाँ बराबरको ५१ हजार ३ सय १६ कित्ता एफपीओ निष्कासन गर्नका लागि अनुमति माग गरेको हो । 

    संस्थाले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

    प्रकाशित मिति :मंसिर २० २०७८ सोमवार - १२:२५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij