२०८२ भाद्र ३ गते मंगलवार
कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३ लाख कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
बैंकका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले आवश्यक कागजात संकलन गरी ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड काठमाडौं १ नक्साल नागपोखरी वा बैंकको प्रधान कार्यालय काठमाडौं टंगालमा आवेदन दिन सक्नेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij