२०८२ माघ १० गते शनिवार
काठमाडौं । सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक घटेको छ। आइतबार ७२.३२ अंक घटेर २५१३.८७ विन्दुमा झरेको नेप्से आजको उक्त सेसनमा ४.९१ अंक घटेर २५०८.९६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्ससमेत १.२३ अंक घटेको छ।
सोमबार प्रि ओपन सेसनमा ७ कम्पनीको १ हजार १४३ कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये ४ कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको सेयरमूल्य घटेको छ। एउटा कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij