Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बोलकबोलमार्फत् ९ अर्ब ९६ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

बोलकबोलमार्फत् ९ अर्ब ९६ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक


  • 4.4K
    Shares

    बोलकबोलमार्फत् ९ अर्ब ९६ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसिर २० गते ९ अर्ब ९६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले ९१ दिन अवधिको ४ अर्ब २६ करोड र १८२ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोलमार्फत् बिक्री गर्न लागेको हो। 

    राष्ट्र बैंकका अनुसार ९१ दिनको ट्रेजरी बिल फगुन २४ गते र १८२ दिनको ट्रेजरी बिल २०७९ साल जेठ २४ गते परिपक्क हुने छ। 

    ऋण पत्रको बोलकबोल अनलाइनमार्फत् मंसिर २० गते अपराह्न २ बजेसम्म खुल्ला रहनेछ। बोलकबोलमा सहभागी हुनेमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ।

    प्रकाशित मिति :मंसिर १९ २०७८ आइतवार - १६:५२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij