२०८२ माघ १० गते शनिवार
सेयरबजारमा आज साताको पहिलो कारोबार दिन नै पहिरो गएको छ। नेप्से परिसूचक ७२.३० अंकले र क वर्गका कम्पनीको मापन गर्ने सेन्सिटिभि सूचक १४.१५ अंकले घटेको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज पनि ४ अर्ब ९ करोडको कारोबार भएको छ। आजको कारोबार रकम पछिल्ला दिनकै निरन्तरता हो।
आइतबार २२६ कम्पनी कारोबारमा सामेल भएकामा ८९ लाख कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा ६० हजार ८८ पटक खरिदबिक्री भएको नेप्सेले जनाएको छ।
आज १३ वटै उपसूचक राताम्य छन्। आज ङादि हाइड्रोपावर लिमिटेडका सेयरधनीले १० प्रतिशत कमाउँदा अन्य लगानीकर्ताले खासै कमाउन सकेनन्।
घाटा व्यहोर्ने लगानीकर्ताले आज ८.३२ प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ। आज कम्पनीहरुको २८ करोडसम्मको अधिकतम कारोबार भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij