२०८२ मंसिर ७ गते आइतवार
काठमाडौँ । टोखा नगरपालिकाले स्वस्थ नगर, टोखा नगर निर्माण गर्नका लागि ‘मेयर दीर्घायु’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
काठमाडौँको उत्तरी क्षेत्रस्थित टोखा नगरपालिकाका बासिन्दालाई स्वस्थ्य राख्ने उद्देश्यले ‘मेयर दीर्घायु’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाले आफ्नो नगरमा रहेका अशक्त ९५० वर्ष माथिका० अपाङ्गता भएका, घाइते, द्वन्द्वपीडित, असहाय, लोपोन्मुख, अतिविपन्न, महिला तथा अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी ‘मेयर दीर्घायु’ कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए ।
उक्त कार्यक्रममा टोखा नगरपालिकाभित्र बसोबास गरेको वा नगरभित्र व्यवसाय वा अन्य माध्यमबाट कर तिरेको प्रमाण भएको वा अतिविपन्न समुदायको प्रमाणित परिचयपत्र वा अपाङ्गतासम्बन्धी परिचयपत्र भएको व्यक्ति सहभागी हुन पाउने अधिकारीले बताउनुभयो । कार्यक्रम यही मङ्सिर २५ गतेदेखि चण्डेश्वरी स्वास्थ्य केन्द्रमा सञ्चालन गरिने छ । प्रत्येक हप्ता ९० जनालाई प्रदान गरिने उक्त कार्यक्रममा नगरपालिकाभित्रका झण्डै एक हजारको निःशुल्क स्वास्थ्य परीक्षण गरिने नगरप्रमुख अधिकारीले जानकारी दिए ।
र्यक्रममा सहभागी हुन हरेक वडाबाट ७० जनाको नाम सिफारिस गर्न पाइने सो नगरपालिकाले जनाएको छ । उक्त कार्यक्रम सञ्चालनका लागि टोखाले वजेट विनियोजन गर्नुका साथै कार्यविधिसमेत तयार गरी कार्यान्वयन प्रक्रिया थालेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij