२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) शेयर बजारमा भारी अंकको गिरावट आएको छ ।
आज नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक ४९.०४ अंकले घटेर २५८४.६१ विन्दुमा झरेको छ । नेप्से १.८६ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.९८ अंकले घटेर ४८६.७६ विन्दुमा झरेको छ ।
कारोबारमा आएका कूल २३१ वटा कम्पनीको ७९ लाख ३२ हजार ७ सय ३१ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार एक सय २६ रूपैयाँ बराबरको कारोबार भएको छ । कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह घटेको छ ।
बिहीबार महालक्ष्मी विकास बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको १२ करोड ४३ लाख ३९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज पनि २ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सामलिङ्ग पावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ५ सय ७ रूपैयाँ ५० पैसा पुगेको छ । यस्तै, न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर ४ सय १३ रूपैयाँ १० पैसा पुगेको छ ।
यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । बैंकको शेयरमूल्य ६.८० प्रतिशतले घटेर ९ सय १३ रूपैयाँ ४० पैसामा झरेको छ ।
कुनको शेयरमूल्य कति ?
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij