२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। वार्षिक साधारणसभा पुस १० गते हुने भएको छ । संस्थाको बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले पुस १ गते बुक क्लोज गर्ने निर्णय पनि गरेको छ। यसको अर्थ मंसिर २९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ३१.५७८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३० प्रतिशत बोनस शेयर १.५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij