Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

कहिले पर्छ बाला चतुर्दशी? पशुपतिनाथ परिसरमा यी काम गर्न नपाईने

कहिले पर्छ बाला चतुर्दशी? पशुपतिनाथ परिसरमा यी काम गर्न नपाईने


  • 6.7K
    Shares

    कहिले पर्छ बाला चतुर्दशी? पशुपतिनाथ परिसरमा यी काम गर्न नपाईने
    images

    काठमाडौं । मंसिर १६ गते बिहिबार बाला चतुर्दशी पर्व परेको छ । यस दिन विभिन्न मन्दिर परिसरमा पितृको सम्झानामा रातभर जाग्राम बसी बत्ती बाल्ने र भोलीपल्ट विहान बत्ती विसर्जन गरि सद्वीज छर्ने परम्पार रहेको छ । 

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले बाला चतुर्दशीका दिन बिहिबार मदिरा लगायत नशालु पदार्थ बिक्री वितरण नगर्न सूचना जारी गरेको छ ।

    प्रशासनले एक सूचना जारी गर्दै भनेको छ– मंसिर १६ गते बाला चतुर्दशीका पर्वका अवसरमा भगवान श्री पशुपतिनाथ मन्दिर परिसरमा आई पितृको सम्झानामा रातभर जाग्राम बसी बत्ती र भोलीपल्ट बिहान बागमती नदीमा बत्ती विसर्जन गरी पशुपति क्षेत्रको मठ मन्दिर, देवालय, शिवालय, कैलाश चउर, मृगस्थली, मृगवाटिकाको भागलभूगल महादेव लगायतका स्थानहरुमा सद्वीज छर्ने परम्परा रहेको हुँदा तिर्थयात्री भक्तजनहरुलाई पशुपति क्षेत्रमा मांस मदिरा तथा नशालु पदार्थको बिक्री वितरण तथा सेवन नगर्नु नगराउनु हुन सम्बन्धीत सबैको अनुरोध गरिन्छ । 

    उक्त सूचना विपरित क्रियाकलाप भए गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने समेत प्रशासनले जनाएको छ । 

    प्रकाशित मिति :मंसिर १५ २०७८ बुधवार - १६:०४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij