२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ ।
संस्थाले अधिकृत श्रेणीका लागि विभागीय प्रमुख (जनशक्ति व्यवस्थापन) का लागि १ जना, विभागीय प्रमुख (आन्तरिक लेखापरीक्षण वित्त व्यवस्थापन) का लागि १ जना र सहायक श्रेणीका लागि केही सङ्ख्यामा कनिष्ठ सहायक प्रशिक्षार्थी गरी जम्मा तीन पदामा कर्मचारीको माग गरेको हो ।
संस्थाले एक सूचना जारी गर्दै उक्त कर्मचारी मागको दरखास्त आह्वान गरेको छ । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट प्रमाणपत्र तह उत्तीर्ण देखी स्नातक तह उत्तीर्णसम्मका इच्छुक नागरिकले आवेदन दिन सक्नेछन् ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाको वेबसाइट मार्फत आवेदन दिन सकिने संस्थाले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij