Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मोटोपन बढेर चिन्तित हुनुहुन्छ? खानुहोस् यी खानेकुरा

मोटोपन बढेर चिन्तित हुनुहुन्छ? खानुहोस् यी खानेकुरा


  • 5.6K
    Shares

    मोटोपन बढेर चिन्तित हुनुहुन्छ?  खानुहोस् यी खानेकुरा

    काठमाडौँ । मोटोपन अहिले धेरै मानिसको चिन्ताको विषय हो । यस्तोमा शरीरको वजन घटाउन मानिस बजारमा पाइने औषधीदेखि तौल घटाउने उत्पादनसम्मको प्रयोग गर्न पछि पर्दैनन् । तर कतिपय यस्ता कुराले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउन सक्छ । यस्तोमा शरीरको अनावश्यक बोसो घटाई प्राकृतिक तरिकाले मोटोपन घटाउन निम्न उपाय लाभदायी हुन्छ ।

    – ग्रिन टी

    पछिल्लो केही वर्षमा ग्रिन टिको लोकप्रिय बढ्दै छ । ग्रिन रीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ जसले शरीरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्दछ ।

    – केरा

    धेरैले केराको सेवनले वजन बढ्ने मान्यता राख्छन् । तर केरामा भरपुर मात्रामा पोटासियमले फास्ट फुडको लतलाई कम गर्न मद्दत गर्दछ साथै तौल कम हुँदै जान्छ ।

    – लसुन

    लसुन एक प्राकृतिक एन्टीबायोटिक भएकाले यसले सुगरलाई नियन्त्रित गर्ने काम मात्र गर्दैन शरीरमा ती हर्मोनलाई सक्रिय पार्दछ जसले बोसोलाई जम्मा हुन दिँदैन ।

    – पुदीना

    एक कप मनतातो पानीमा पुदीनाका केही पात हालेर (इच्छा अनुसार मह पनि हाल्न सकिन्छ) नियमित पिएमा यसले पेटको बोसो कम गर्न प्रभावकारी भूमिका खेल्दछ ।

    – दालचीनी

    तौल घटाउन नियमित दालचीनीको सेवन अत्यन्त फाइदाजनक हुन्छ । बिहानको नास्ता भन्दा पहिले र सुत्नुभन्दा पहिले एक कप पानीमा एक चम्चा दालचीनी पाउडर मिसाइ दैनिक दुई पटक पिउँदा केही दिनमा मोटोपन कम हुन्छ ।

    – ओमेगा थ्रीयुक्त खाना

    पालुङ्गो, चिज, ओखर, अण्डा लगायतमा ओमेगा थ्री तत्त्व पाइन्छ । यसले शरीरमा जमेको अतिरिक्त बोसोलाई हटाउन सहयोग गर्दछ ।

    – स्याउ

    स्याउ खाएर पनि बढेको बोसोलाई घटाउन सकिन्छ । स्याउमा हुने पोटासियमले धेरै बेरसम्म भोक लागेको महसुस हुँदैन । जसले तौल कम गर्न मद्दत गर्दछ ।

     

    प्रकाशित मिति :मंसिर १५ २०७८ बुधवार - १०:१६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij